Swornakshar Logo

मैले विवाह नगर्नुमा यत्ति धेरै प्रश्न किन ?

२४ असोज ।
काठमाडौं । मेरो साथीले सोध्यो ‘अझै पनि उसकै बारेमा सोचिरहेका छौ ?’ मैले कुनै उत्तर दिइन ।
उसले फेरी छुरा रोप्यो –‘चुप बस्छौ, यसको मतलब यो होइन तिमी धेरै चलाख छौ ।’
ऊ बोल्यो ‘तिमी पागल नै हुन सक्छौ । तिम्रो ‘अफेयर’ वर्षौ पहिले सकिएको थियो । तर तिमी जिन्दगीमा अगाडी बढ्न सकेनौ । अब छोड, अगाडी बढ । तिमी समयसँगै समझदार हुनु पर्छ ।’
मैले भने ‘के।।।तिम्रो समस्या के हो ? यो मेरो रुचिको विषय हो ।’
मलाई लाग्यो मैले उसलाई एक मुक्का हानुं । तर, म आखिर कति मानिसलाई यसरी हान्न सक्छु ?
यदि मलाई रिसाउनु नै छ र यो प्रश्नको लागि कसैलाई मुक्का हान्नु छ भने मलाई सधै यही काम गर्नुपर्छ ।

मेरो कहानी के हो ? म कहाँबाट सुरु गरुँ ?

योे कहानी मेरो बितेको समय र आजको समयमा जोडिएको छ । मायामा असफल भएपछि मैले एक्लै अर्थात सिङ्गल बस्ने निर्णय गरें । यो निर्णय त्यो समाजको लागि एउटा ठूलो प्रश्न बन्यो । जोसँग मेरो सधंै को नाता छ ।

मलाई आफ्नो निर्णयको लागि के सहनु पर्यो ? मेरो निर्णयले अरुको किन टाउको दुख्नु ?

मेरा साथी, नातेदार र चिनेकाहरुले मलाई अनौठो मान्छन् । मेरो ट्यालेन्ट, मेरो काम वा मेरो गुणहरुको कारण होइन । मात्र म सिङ्गल भएकोले सामाजिक पहिचानको कारणले उनीहरु मलाई आफूभन्दा फरक ठान्छन् ।

विवाहित वा अविवाहित ? सिङ्गल वा कमिटेड

यदि तपाई यी दुई प्रश्नहरुको उत्तरमा भन्नुहुन्छ कि तपाई न त विवाहित हुनुहुन्छ न त कमिटेड । कुनै मानिस आश्चर्य हुनु स्वभाविक छ । यो कुराको धेरै सम्भावना छ तपाईलाई मानिसहरुले फरक वा अचम्मको प्राणी जस्तै देखुन र तपाईतर्फ संवेदनाको नजर राखुन ।कामको सिलसिलमा म एक शहरबाट दोस्रो शहरमा आए । म एउटा यस्तो माहोलमा काम गर्छु जहाँ फरक फरक ठाउँबाट आएर मानिस काम गर्छन । म शहरको एउटा सम्भ्रान्त ठाउँमा रहन्छु । यहाँ बसेका हरेक मानिस आधुनिक छन् र आफ्नो काममा मात्र ध्यान दिन्छन् ।

छिमेकीलाई मसँग कुरा गर्न र मलाई बुझ्ने समय नै कम छ । जुन जिममा म जान्छु र जुन चिया पसलमा म सधै चिया पिउँछु उनीहरु सबै आफ्नो काममा मात्र ध्यान दिन्छन् । उनीहरुसँग औपचारिक कुरा मात्रै हुन्छ ।यस्तैमा उनीहरुलाई म सिङ्गल भएको थाहा भयो उनमा भएको ‘जिज्ञासु व्याक्ति’ छट्पटाउन लाग्यो ।

के तपाईं अझै पनि एक्लै हुनुहुन्छ ? सोध्ने मानिसको आँखामा चमक देखिन्छ । यस्तो लाग्छ तपार्इं अझै पनि प्लेस्कुलमा नै हुनुहुन्छ ।यस्तो मौकामा मेरा साथीहरु नै अगाडि बढेर मेरो कुरा बताउँछन् । यो वर्षको अन्त्यसम्म यसले विहे गर्छ ।
मेरा साथीहरुलाई लाग्छ यसो भनेर उनीहरु मलाई अपमानबाट बचाउनेछन । मेरो इच्छा हुन्छ म नै भनुँ । ओए सुन मलाई आफ्नो पहिचानबाट कुनै लज्जा महसुस हुदैन ।

अरु त अरु जुन वर्षको बारेमा तिमीहरु भनिरहेका छौ त्यो कहिल्यै आउँदैन ।फेरी मेरा नजिकका मानिसहरु नै मेरो नाम केटीहरुको नामबाट जोड्न शुरु गर्छन । हाम्रो उमेरमा कति फरक छ, हाम्रो ओहोदामा कति फरक छ भन्ने कुरा पनि सोच्दैनन् । यस्तो तरिकाको भ्रम सबै ठाउँमा फैलिरहन्छ ।

मानिसहरुलाई यो कुराको ख्याल छैन उनीहरुको यस्तो व्यवहारको कारणले उनीहरुसँग मेरो सम्बन्ध बिग्रिरहेको छ । साँचो भनु त संसारमा सच्चा साथीहरु भेटिनु त्यसै पनि धेरै गाह्रो छ ।

कुनै मानिसलाई यो कुरा जान्न चासो छ, म भर्जिन छु कि छैन ?

मलाई प्रायः यो प्रश्न सोधिरहन्छन म ‘मर्द’ छु कि छैन । कुनै त मलाई सिधै यो सोध्छन् मेरो स्वास्थ्य ठीक छ कि छैन् ।
एउटालाई त यो जान्न धेरै चासो छ के मेरो रुचि पुरुषहरुमा छ ? म भन्छु प्यारो साथी, अब समझदार होऊ । यदि यस्तो हुन्थ्यो भने म कुनै पुरुषसँग बस्दथे ।यदि मैले यस्तो प्रश्नको उत्तर रिसाएर दिए भनें तुरुन्त मलाई साथीत्व नभएको घोषणा गरिन्छ । त्यसैले म चुप रहन्छु ।

कसले भनेको छ समाज मेरो मामलामा जबरजस्ती आफ्नो नाक घुसाइरहेको छ । समाज त मेरो बारेमा चिन्तित छ र मलाई त्यो बारेमा गुनासो हुनु हुँदैन ।

मेरो विहे भएको छ छैन सोध्नुभन्दा पहिले कुनै मानिस सिधै सोध्छन घर बसायौ कि नाई ?

म यो प्रश्नको उत्तरलाई रमाइलो बनाएर भन्छु म यही दिशामा काम गरिहेकोे छु, राम्रो कमाइरहेको छु । ममाथि कुनै ऋण छैन र मेरो स्वास्थ्य पनि एकदम ठीक छ । फेरी हुन्छ त्यही प्रश्न तिमीले विहे गरेका छौ कि छैनौ ? मलाई लाग्छ म जस्तो व्यक्ति जो जीवनमा सेटल भएको छैन उसका लागि सबैभन्दा गार्हो प्रश्न यही छ ।

अविवाहित हुनुको फाइदा

अविवाहित भएको कारणले मलाई धेरै सुविधाको लाभ प्राप्त भएको छ । यो समाजको एउटा वर्ग हामीलाई दिन्छ । मेरो एउटा पूर्व हाकिमले भन्दथे तिमी सिङ्गल छौ, पुरै हप्ता अफिस आउन सक्छौ । अबेरसम्म काम गर्नु तिम्रो लागि समस्या हुदैन ।
म भन्न चाहन्थे ‘सर मेरा पनि आफ्ना केहि काम छन् ।’ तर, मैले यो कहिल्यै भनिन । मेरो घरको मालिकले एकपटक भन्यो तिमी सबैभन्दा माथिको तलामा बस । त्यहाँ कपडा सुकाउन पनि सजिलो हुन्छ । बीचको तलामा परिवार बस्न सक्छ ।

म पनि दोस्रोका बराबर घरभाडा दिन्छु फेरी म नै सबैभन्दा माथि किन बसुँ ?

मेरो एउटा साथीले आफ्नो गृह प्रवेश पार्टीको निम्ता दिंदै भन्यो तिमी सिङ्गल छौ, तिमीलाई पनि निम्ताको जरुरी छ ? यो ह्वाटसप मेसेजलाई नै निम्ता सम्झ ।निम्ताको कार्ड पाउनको लागि पनि विवाहित हुनु जरुरी छ ? मेरो लागि त यो कुरा खबर जस्तै हो ।
जरुरत परेमा मलाई अबेरसम्म काम गर्न गार्हो छैन ।

घरेलु मामलामा लागि सम्झौता पनि गर्न सक्छु । हो म रुख वचाउ अभियानको समर्थक पनि हुँ । म कुनै कार्डको लागि पर्खिरहेको छैन् ।

के सिङ्गल हुनु अपराध हो या अयोग्यता ?

विहे गर्छु कि गर्दिन वा ढिला गरिरहेकोे छु । यो मेरो रुचीको विषय हुन सक्छ । कुरा जे सुकै होस समाजलाई मेरो धेरै चिन्ता हुन्छ ।मलाई कुनै सल्लाहको आवश्यकता छैन । तर, समाजसँग यसको खात छ ।निशुल्क सोच, सल्लाह यदि म एक्लै बस्दथे भने दश–बीस बर्षमा के हुन्छ ? यसको भविष्यवाणि अरुलाई थाहा छैन के हुन्छ ।

आफू जस्तै खोज

एउटा साथीले मलाई भन्यो म यस्तो मानिससँग जोडिए जो मेरो जस्तो स्थितिमा छ । मैले सोधे आर्थिक स्थितिमा वा भौगोलिक स्थितिमा रुहोइन ती मानिस जसले सही समयमा विहे गरेनन् । तिमीलाई थाहा छ । तिमीहरु एकअर्कालाई बुझ्न सक्छौ । बाँकी जीवन साथसाथै राम्रोसँग बिताउन सक्छौ ।

मैले कसैसँग यो भनिन मैले विवाह गर्ने समय गुमाएँ । न त मैले कहिल्यै कसैसँग भने म जीवन साथीको खोजीमा छु । पहिले म मेरा साथीहरु, नातेदारहरुको विवाहमा र अन्य पारिवारीक समारोहमा जाने गर्दथे । विवाहको निमन्त्रण काडको सम्मान गर्नु मेरो प्राथमिकता हुने गर्दथ्यो । तर, अब म आफूलाई बदल्नको लागि बाध्य भएको छु ।किनकी यस्तो मौकामा मलाई धेरै प्रश्न गरिन्थ्यो ।

यत्तिका दिनपछि तपाईलाई देखेर खुसी भए । पाँच वर्ष भयो नि । तपाईकी श्रीमती कहाँ हुनुहुन्छ ?

फेरी मेरो अगाडी पछाडी हेरेर मलाई एक्लै देखेपछि उनी लाइनमा आउँछिन । ओ अहिलेसम्म सिङ्गल नै छौ १मलाई लाग्छ अब मेरो लागि समय आयो । जब यी कुराहरुमा रोक लगाइदिऊँ, धेरै सोचेर मानिसहरुसँग कुरा गरुँ र समारोहमा जाऊँ ।

जब म छुट्टिपछि आफ्नो गृहनगरबाट फर्केर अफिस आउँछु म जानीजानी खाली हात आउँछु । मेरो गृहनगरको चर्चित मिठाई ल्याउदिन । किनकी म त्यही प्रश्नबाट बच्न चाहन्छु कुनै खास खबर छ क्या ? साधारणतया यो खास खबरको मतलब हुन्छ विवाह हुनु वा घरमा बच्चा हुनु ।

अहिलेसम्म विवाह किन नगरेको ?

म स्कुलको दिनमा क्रिकेट भन्दा हक्कीलाई मन पराउँथे । यसमा कहिल्यै प्रश्न उठेन ।
जव सबै मानिस ब्रान्डेड मोटरसाइकल किनिरहेका थिए । म पुरानो समयको बाइक मन पराइरहेको थिए ।
मेरो शरीरमा हल्का रङ्गको कपडा सुहाउँछ तर, मलाई गहिरो रङ्गको कपडा लगाउन मन पर्दथ्यो । म कुनै अरु नै क्षेत्रमा पढेँ र काम पनि फरक क्षेत्रमै गरिरहेको छु ।

म ती सबै मानिसलाई धन्यबाद दिन्छु जसले मेरो प्राथमिकताहरुलाई बुझे र मलाई प्रेरित गरे । मेरा साथीहरु र समाजले मलाई धेरै प्रोत्साहन दिए र म जीवनमा अगाडी बढ्न सकें ।तर, जब म सिङ्गल रहने सोचीबुझी निर्णय गर्छु अनि मलाई अलिकत्ति पनि प्रोत्साहन मिल्दैन ।

म विवाह गर्न पनि सक्छु र नगर्न पनि । तर मलाई अहिलेसम्म जीवनसाथी प्राप्त भएको छैन् । म मायामा आफ्नो असफलता भन्दा अघि बढिसकेको छु । तर, जिन्दगीमा अगाडी बढ्नु एक फरक प्रश्न हो । म अहिले त्यो निर्णय लिने स्थितिमा आएको छैन ।
अहिले त म सिङ्गल नै छु । आजको सत्य यही हो । भोलिको कुरा अरु नै हुन सक्छ ।के फेरी माया बस्छ ? हुन सक्छ, भएछ भने हेरौंला ।
( एक भारतीय अविवाहित पुरुषको भोगाई, बिबिसी हिन्दीबाट अनुवाद)