Swornakshar Logo

राजनीति गृहपृष्ठ गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु मेरो गल्तीः प्रचण्ड

२१ असोज ।

काठमाडौं । मुलुक शान्ति प्रक्रियामा आएपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु मेरो गल्ती भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्वीकारेका छन् । पत्रकार शुभशंकर कँडेलको पुस्तक विमोचनमा आइतबार काठमाडौंमा उनले भने,विश्वका कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिएर म शान्ति प्रक्रियामा आएको हुँ ।

जनमुक्ति सेना क्यान्टोनमेन्ट हुँदा म पश्चिम घुम्न गएको थिए त्यहाँको अवस्था भयावह देखेपछि त्यतिबेला नेपाली सेनालाई क्यान्टोनमेन्ट भित्र पठाउनु पर्छ भनेर तत्कालिकन प्रधानमन्त्री शुशिल कोइराला लाई मेलै भनेको थिए । यदी त्यो क्यान्टोनमेन्ट भित्र नछिराएको भए आपसमा लडेर १००–२०० जनमुक्ति सेना मर्ने थिए ।

सेना समायोजन र हतियार व्यवस्थापन गर्न मेलै जोड गरेको हुँ । सेनाको समायोजन भएपछि पार्टी फुट्छ भन्ने थाहा थियो । तर पनि मेलै त्यो जोखिम लिए । जनयुद्ध कालमा बादरमुँढे घटना जस्ता भएकोमा म क्षमाप्रार्थी छु उनले भने । जनयुद्ध कालमा एमालेसँग पनि वार्ताको प्रयास नभएको भने होइन् प्रचण्ड भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भने,हामी ‘दुईवटा पार्टी मिलेर सरकार मात्र बनाएका होइन् देश विकास गर्ने हो रु मुलुक बनाउने हो रु सात महिनामा सबै काम हुँदैन । काठमाडौंमा त संसद चलाउन भवन थिएन । बल्ल त प्रदेश सभा घोषणा गर्यो त्यसमा पनि प्रदेश भवन थिएन, मन्त्रालय थिएन् हामी विस्तारै काम गर्दैछौं ।

हामी जादुगर होइनन् कति बेला अण्डा बनाउने हो रुकति बेला रुमाल बनाउने रु हामी विकास गछौं र विकास पनि हुन्छ ढुक्क हुनुस् । शान्ति प्रक्रिया टुंगी सकेको छ । यसका साना तिना कुरामाथी केहि खेल नखेलौं र च्याखे नथापे हुन्छ उनले भने ।