Swornakshar Logo

दातृ निकायका काम कारवाहीप्रति मन्त्री खनाल असन्तुष्ट

१५ असोज ।

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दातृ निकायद्वारा सञ्चालित परियोजनाको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री खनालले धेरैजसो दातृ निकायद्वारा सञ्चालित परियोजनाले सकारात्मक योगदान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

सोमबार ललितपुरमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तर बढाउने गरी ठोस योजना तय गर्न पनि कृषिसँग सम्बन्धित परियोजनाहरुलाई सचेत गराए । जनतामा सकारात्मक योगदान दिन नसक्ने परियोजना नेपाललाई आवश्यक नरहेको मन्त्री खनालको भनाई छ ।

मन्त्री खनालले नेपालको कृषि क्षेत्रको विकासका लागि आवश्यक प्रविधि भित्र्याउने दिशामा पनि विशेष जोड दिन दातृ निकायद्वारा सञ्चालित परियोजनाहरुलाई आग्रह गरे