Bagmati Samachar Logo

चीनमा कोभिड १९ खोप उत्पादन कार्यशालाको बायोसेफ्टी निरीक्षण

बेइजिङ । चीनले विकास गरिरहेको कोरोना भाइरस कोभिड १९ विरुद्धको कोरोना निष्क्रिय खोपको उत्पादन कार्यशाला बायोसेफ्टी निरीक्षण पारित गरिएको छ । उक्त कार्यशाला जैविक सुरक्षाका दृष्टिले सुरक्षित रहेको र प्रयोगका लागि योग्‍य भएको चिनियाँ नेशनल बायोटेक ग्रुप (सीएनबीजी)ले जनाएको छ ।
बेइजिङ नगरपालिका सरकारको सहयोगमा उक्त कार्यशालाको निर्माण अप्रिलमा सम्पन्‍न भएको सीएनबीजीले जानकारी दिएको छ ।

सीनएबीजीले भनेको छ, सरकारी अधिकारीहरुले जुलाईमा बायोसेफ्टी निरीक्षणको आयोजना गरेका थिए । उनीहरुले उक्त कार्यशालाले राष्ट्रिय मापदण्ड पूरा गरेको र कोभिड १९ को खोपको बृहत परिमाणको उत्पादनका लागि प्रयोग गर्न सकिने छ ।ू

त्यसैगरी मध्य चीनको हुबेई प्रान्तको वुहानमा जुलाईमा निर्माण गरिएको अर्को कार्यशालामा एक वर्षमा २ सय २० करोड कोभिड १९ विरुद्धका कोरोना निष्क्रिय खोपको उत्पादन गर्न सकिने सीएनबीजीले जनाएको छ ।