२४ घण्टामा देशभर ४ सय १८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । १९ साउन । २४ घण्टामा कोरोना संक्रमितको संख्या ४ सय १८ जना थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४ सय १८ जनामा संक्रमण भएको जानकारी दिए ।
योसँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ।
प्रदेश नम्बर १ मा ८ सय ७५, प्रदेश नम्बर २ मा ३ हजार १ सय ७६, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ३० जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन् ।
सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ सय ९०, प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ५१ र गण्डकी प्रदेशमा २ सय ७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय १५, कर्णाली प्रदेशमा २ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन् ।
प्रदेश नम्बर १ मा १ हजार २ सय ९६, प्रदेश नम्बर २ मा १ हजार १ सय ४४, बागमती प्रदेशमा ८ सय २६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ४०, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्: