बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रवि लामिछानेको निर्देशन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको काम प्रभावकारी रुपमा गर्न निर्देशन दिएका छन् । आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले प्रभावित क्षेत्रमा भइरहेको कामबारे जानकारी लिएका हुन् ।
प्रवक्ता जगदीश खरेलले प्रभावकारी कामको लागि पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘भोटेकोसी बाढीको विपदमा खोजी, उद्धार र राहतको सन्दर्भमा रास्वपा सभापति रवि लामिछानेले पार्टी सर्कलमा अहिले भइरहेको कामको ब्रिफिङ लिनुभएको छ । साथै प्रभावकारी कामको लागि पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको छ ।’
भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँको तटीय क्षेत्रमा ठुलो जनधानको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: