भोटेकोसी बाढीमा उद्धारका लागि भारत र चीनका ‘टनेल उद्धार’का विशेषज्ञ टोली नेपालमा
काठमाडौं । भोटेकोसी बाढीमा फसेकाहरूको उद्धारका लागि छिमेकी देश भारतबाट टनेल उद्धारको विशेषज्ञ टोली नेपाल आएको छ ।
नेपाल सरकारको अनुरोधमा भारतीय टोली उद्धारका लागि नेपाल आएको तथा चिनियाँ टोली पनि नेपाल ओर्लिने क्रममा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
गत बुधबार भोटेकोसीमा नदीमा आएको बाढीका कारण हजारौँ मानिस फसेका छन् । नेपालका सुरक्षाकर्मीले उद्धार अभियानलाई निरन्तरता दिइरहेका बेला अब छिमेकी दुई देशका टोली पनि सघाउनेछन् ।
दुवै देशबाट आउने टोलीसँग टनेलमा उद्धार गर्ने अनुभव र विशेषज्ञा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: