Bagmati Samachar Logo

प्रहरी इन्स्पेक्टरको रिजल्टमा क्रिस्टल ईन्स्टिच्युटको एक नम्बर सहित ६० प्रतिशत नतिजा

काठमाडौ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले शनिबार २९ जना प्रहरी निरीक्षकको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार विकास सिलवालले पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् । उनले नयाँ बानेश्वरमा रहेको कृस्टल ईन्स्टिच्युट नेपालमा तयारी गरेका हुन् । संस्थाबाट २९ जनामध्ये १८ जना विद्यार्थीले नाम निकाल्न सफल भएको व्यवस्थापक मन्जु भट्टले जानकारी दिइन् । यो नतिजाको ६० प्रतिशत हो ।