ज्योतिष महासंघको अन्तर्राष्ट्रिय तथा दक्षिण एसियाली समन्वय समिति गठन
विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय समिति तथा दक्षिण एसियाली समन्वय समिति गठन भएको छ । १३ सदस्यीय समिति गठन गरिएको छ। विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल तथा पञ्चाङ्ग विकास समितिका सभापति आचार्य लक्ष्म ण पन्थीको विशेष उपस्थितिमा आज सम्पन्न बैठकले १३ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन गरेको छ।
सभापतिमा दैवज्ञ ज्योतिष डा. ज्ञानेशमान जोशी चयन भएका छन्। महासचिवमा ज्योतिष तथा वास्तुविद् आशिष सिम्खडा चयन भएका छन् । यसअघि सिम्खडा महासंघको राष्ट्रिय समितिमा महासचिवका रूपमा कार्य गर्दै आएका थिए। उनको अनुभव, दक्षता, नेतृत्व क्षमता र संस्थाप्रतिको समर्पणलाई मध्यनजर गर्दै महासंघले उनलाई अन्तर्राष्ट्रिय समिति तथा दक्षिण एसियाली समन्वय समितिको महासचिवको जिम्मेवारी प्रदान गरेको हो।
बैठकले ज्योतिषशास्त्रको अध्ययन ज्योतिषशास्त्रको अध्ययन–अनुसन्धान, प्रशिक्षण, अन्तर्राष्ट्रिय सहकार्य तथा दक्षिण एसियाली राष्ट्रहरूच बीच सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको छ।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। नवगठित समितिले संस्थाको विकास र उद्देश्य प्राप्तिका लागि सक्रिय, प्रभावकार तथा परिणाममुखी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्: