सरकारको नियतमा शंका छैन : रवि लामिछाने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको सरकारको नियतमा कुनै पनि शङ्का नभएको बताएका छन्। शुक्रवार रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा सरकारको निर्णयले समस्या आए करेक्सन गर्न सकिने बताए।
उनले भने, ‘सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने ? नियत करेक्सन गर्न गाह्रो हुन्छ। निर्णयहरू त राम्रो निर्णय गर्दा दुईरचारवटा निर्णयले विवाद ल्याउन सक्छ। गर्दै जाँदा व्यवहारमा किसानको पक्षमा निर्णय गर्छु भन्दा त्यही निर्णय किसानको विपक्षमा भइदियो भने करेक्सन गर्न सकिन्छ।’
सरकारका निर्णयले लाभ नभई हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुने बताए।
उनले भने, ‘सरकारले जसका लागि लाभ होस् भनेर निर्णय गरेको छ, त्यो निर्णयले लाभ होइन हानी भएछ भने त्यसमा निर्णयहरू परिवर्तन हुन्छ। त्यसमा चिन्ता गर्नु पर्दैन। तर अलिकति समय हामीले दिनुपर्छ। कहिलेकाहीँ व्यवहारमा उतार्नका निमित्त केही काम हो, त्यसले धेरै ठुलो ड्यामेज गर्यो भने त त्यसलाई रातारात परिवर्तन गर्नुपर्छ। तर कहिलेकाहीँ नेतृत्वले एउटा उद्देश्यका साथ एउटा भिजन देखेर त्यसलाई ल्याएको हुन्छ। त्यसलाई कार्यान्वयन गर्ने केही चुनौतीले गर्दा खत्तम हो कि भन्ने जस्ता भाष्यहरू सिर्जना हुन्छन्।’
उनले सुरुमा एकदम धेरै विवादमा आएका कैयौँ चिजहरू कालान्तरमा सही प्रमाणित भएको उदाहरण दिए।
उनले थपे, ‘कुनै पनि सरकारले लिएको नीति किसानलाई अप्ठ्यारो पार्ने, मजदुर वर्गलाई अप्ठ्यारो पार्ने, गरिब विपन्न वर्गलाई अप्ठ्यारो पार्ने कालान्तरमा देखिएको खण्डमा त्यस्ता कुनै पनि नीतिहरू परिवर्तन हुन्छन्। यो अपरिवर्तनीय कुरा होइन, परिवर्तन हुन सक्छ। थोरै समय मात्र धैर्यता दिनुभएको छ, दिनुहोला।’
उनले पार्टी गलत बाटोमा गयो भने खबरदार गर्न नेता कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्: