सप्तरी कारागारभित्र बन्दीले गरे आत्मदाहको प्रयास
काठमाडौं । सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ।
राजबिराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
शनिबार विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका छन् ।
कारागारका रुपक मण्डलका अनुसार दुई–तीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको थियो । सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उनले जानकारी दिए । तर आन्दोलन कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
आत्मदाहको प्रयास भएको तर च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको कुनै क्षति नभएको मण्डलले बताए ।
प्रहरीभित्र कारागारभित्र जान खोज्दा आत्मदाहको प्रयास भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: