Bagmati Samachar Logo

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय तोकेको हो।

ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो।

त्यस्तै एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको हो। उनलाई मुख्य दोषीका रूपमा सजाय तोकिएको हो।