Bagmati Samachar Logo

शरणार्थी ठगी काण्ड : पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई अमेरिका लैजान भनेर ठगीमा पूर्व सचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। पाण्डेलाई जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी काण्डमा २४ असारमा दोषी ठहर गरेको थियो ।

पूर्व सचिव टेकनारायण पाण्डेलाई ठगीमा २ वर्ष कैद र १५ हजार जरिवाना गरिएको छ। संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना गरिएको छ। त्यसैगरी राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवानाको सजाय तोकिएको छ।

राज्यविरुद्धकै अभियोगमा थप ६ महिना सजाय भोग्नु पर्ने पनि फैसलामा उल्लेख छ। एकीकृततर्फ ४ वर्ष ४० हजार रुपैयाँ जरिवाना तोकिएको हो।

जिल्ला अदालतले शणार्थी प्रकरणसम्बन्धी प्रकरणमा मंगलबार निर्णय सुनाइएको हो। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला सुनाएका हुन्।

१६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए।