आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
काठमाडौँ । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई त्यहि साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका हुन् ।
आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए ।
विवेकले रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँथे । विद्यालय प्रशासनले विवेकको ठाउँमा अर्का एक जनालाई नियुक्त गर्यो । सोही कारण उनी विगत एक वर्षदेखि बेरोजगार भएर बसेका थिए ।


प्रतिक्रिया दिनुहोस्: