Bagmati Samachar Logo

अरुलाई तथानाम भन्दै हिड्ने लहानु चौधरी ठगी आरोपमा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल र मिडियामा नेताहरुलाई विभिन्न किसमका आरोप लगाउदै आएका लहानुराम चौधरीलाई ठगी आरोपमा पक्राउ गरेको छ ।

चौधरी कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएर काठमाडौँ बस्दै आएका थिए । शनिबार उनलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

४६ वर्षीय चौधरीले विदेश पठाउँछु भनेर ठगेको आरोप छ । उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ अनुमति जारी भएको थियो ।
आरोपीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइने एसपी थापाले जानकारी दिए ।