देउवा पुत्र जयवीरको नाममा सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी
काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ ।
पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ ।
पूर्जी बुढानिलकण्ठमा रहेको देउवाको घरमा टाँस गरिएको छ ।
विभागले यसअघि शेरबहादुर देउवा र आरजु राणा देउवालार्इ पनि पत्र काटेर बोलाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्: