Bagmati Samachar Logo

टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतले विशेष अदालतबाट सफाइ पाएका छन् ।

प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित ३ जनालाई भने दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार सफाइ दिएको हो ।

अदालतले पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको भन्दै उनलाई सफाइ दिएको छ । बस्नेतसँगै प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, रेवतीराम पन्थ लगायत १९ जना प्रतिवादीहरूले पनि सफाइ पाएका छन् । यस्तै, परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्सु लाई पनि अदालतले सफाई दिएको छ ।