Bagmati Samachar Logo

पासपोर्ट छपाइमा १० अर्ब भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष, १८ विरुद्ध मुद्दा दायर

काठमाडौं । विद्युतीय राहदानी (पासपोर्ट) छपाइसम्बन्धी बोलपत्रमा भएको अनियमिततामा अख्तियारले १० कर्मचारीसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

१० अर्ब १३ करोड बिगो कायम गरी मुद्दा दायर भएको हो। यसमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अर्यालसहित १० कर्मचारी प्रतिवादी छन्। त्यस्तै, दुई जर्मन कम्पनीका चार सञ्चालक र ती कम्पनीका दुई नेपाल प्रतिनिधिलाई प्रतिवादी बनाइएको छ। जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसका नेपाल प्रतिनिधि मणिन्द्र कुमार मल्ल तथा भेरिडोसका सिद्धार्थ थापालाई पनि प्रतिवादी बनाइएको छ। दुई जर्मन कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको बिशेष अदालतकी सूचना अधिकृत पार्वती हितानले जानकारी दिइन्।