सुधन गुरुङको पहिलो निर्णय दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने
काठमाडौं । दोस्रो पटक गृहमन्त्री बनेका सुधन गुरुङले पदभार सम्हाल्दै २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन् । उनले आज दोस्रो पटक गृहमन्त्रीको शपथ ग्रहण गरेसँगै पदधार सम्हालेका छन् ।
उनले आफुमाथि जस्तोसुकै आरोप लगाएपनि थेग्न सक्ने तर नेपाली चेलीहरुलाई दुख दिएको सहन नसक्ने पनि बताएका छन् । आफुमाथी तथ्य बिनै आरोप लगाएको पनि दाबी गरेका छन् । उनले भने,‘मिडिया ट्रायलकै कारण कोहि ब्यक्तिले आत्महत्या गर्ने अबस्था नहोस ।’
जेनजि आन्दोलनको फौजदारी मुद्धा फिर्ता लिने बिषयमा अध्यन गर्ने पनि बताएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने र हरेक फाइल खोल्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: