प्रधानमन्त्री संसद बैठकमा जवाफ दिन नआएपछि बैठक छोडेर हिँडे हर्क साम्पाङ
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि सांंसद हर्क साम्पाङ बाहिरिएका छन् ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन नआएपछि असन्तुष्ट भएर उनी बैठक छोडेर हिँडेका हुन् ।
साम्पाङले बैठकमा प्रधानमन्त्रीको राजीनामा समेत मागेका थिए ।
‘असक्षम प्रधानमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरेका उनी केहीबेरपछि बैठक नै बहिस्कार गरेर निस्किएका छन् ।
अहिले संसदमा विपक्षी दलहरुले विरोध जनाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्: