Bagmati Samachar Logo

राष्ट्रपतिले आह्वान गरे संसद अधिवेशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गरेसँगै राष्ट्रपतिले आह्वान गरेका हुन्।