Bagmati Samachar Logo

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । उनका अन्य कार्यालयहरुमा पनि छापा मारेको छ ।

उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार घर र कार्यालयमा छापा मारेको हो । उनको हेटौंडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको हो । स्रोतका अनुसार, काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको छ ।

विभाग सम्बद्ध स्रोतका अनुसार, उनको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू भेटिएपछि अनुसन्धान अघि बढेको थियो ।

विभागले उनको घरबाट कागजातहरू र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत गरिएको बताइएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका छन् । उनको क वर्गको निर्माण कम्पनि छ ।