Bagmati Samachar Logo

स्वास्थ्यमन्त्री मेहताको सम्पत्ति : ३० तोला सुन, काठमाडौंमा सात आना जग्ना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले काठमाडौंको सौखेलमा ७ आना जग्गा ५६ लाखमा किनेको उल्लेख गरेकी छिन् । उनले सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा परिवारका सदस्यको नाममा ८ बिघा जग्गा रहेको पनि खुलाएकी छिन् ।

उनले आफ्नो तलब सुविधा शेयरमा खर्च गरेको पनि बताएकी छिन् । काठमाडौंको जग्गा खरिदमा आफ्नो तलब खर्च भएको उल्लेख गरेकी मेहताले विभिन्न चारवटा कम्पनीको शेयर खरिदमा पनि तलब खर्चिएको उल्लेख गरेकी छिन् ।

मेहताले उल्लेख गरेअनुसार जीएचएलको ६९ कित्ता अर्थात् १४ हजार ६५९ रुपैयाँ, एचडीएचएको ८८ कित्ता अर्थात् १९ हजार ८८८ रुपैयाँ, जीबीएलभीको २८ कित्ता अर्थात् ३६ हजार ५९६ र निफ्राको ६४ कित्ता अर्थात् १७ हजार २०२ रुपैयाँ बराबरको शेयर खरिद गरेकी छिन् ।

उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । यो उनले दाइजो र उपहारबाट प्राप्त गरेकी हुन् । मेहतासँग माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३६ र सानिमा बैंकमा १ लाख रुपैयाँ नगद रहेको छ । उनले २५ लाखमा ग्राण्ड आई १० गाडी पनि तलबबाट खरिद गरेको उल्लेख गरेकी छन् ।