उपसभामुखमा श्रम संस्कृतिकी सांसद रूवि ठाकुरको उम्मेदवारी,रास्वपाकाे समर्थन
काठमाडौं । सभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रूविकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन्। ठाकुरको प्रस्तावकमा श्रम संस्कृतिका सांसद आरेन राई र समर्थकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटी छन्।
आज उपसभामुखका लागि मनोनयन भइरहेको छ। उपसभामुख पदमा राप्रपाकी सरस्वति लामाले पनि उम्मेदवारी दिएकी छन्।
राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीका अनुसार रास्वपा सभापति रवि लामिछानेले राप्रपा सांसदलाई उपसभामुखमा समर्थन गर्ने बताएको दाबी गरेका थिए। तर रास्वपाका सांसद बुर्लाकोटी नै ठाकुरको समर्थक बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्: