Bagmati Samachar Logo

पक्राउ परेको १३ दिनमा रमेश लेखक रिहा

काठमाडौँ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक रिहा भएका छन् । लेखक पक्राउ परेको १३ औँ दिनमा नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरले जानकारी दिएको छ ।

लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको हो । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् ।

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।