Bagmati Samachar Logo

भारतीय राजदूतले परराष्ट्रमन्त्रीलाई भेटेर दिए दिल्लीको सन्देश

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरे।

नयाँ सरकार गठन भएपछि भारतीय पक्षबाट उच्च तहमा महत्वपूर्ण भेटघाट भएको हो। भेटका क्रममा नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय हितका विविध विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विशेषगरी कनेक्टिभिटी, ऊर्जा व्यापार र थाती रहेका विकास आयोजनाहरूका बारेमा संक्षिप्त कुराकानी भएको मन्त्रालयले जनाएको छ। राजदूत श्रीवास्तवले नेपालको विकास प्रयासमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

भेटपछि परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘भारतीय राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री खनाललाई कार्यभार सम्हालेकोमा शुभकामना दिँदै नेपाल(भारत सम्बन्ध र आपसी सहयोगका विभिन्न पक्षहरूमा छलफल गरेका छन्।