Bagmati Samachar Logo

ओली र लेखकको बन्दी प्रत्यक्षीणकरणको रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा दुवैजनाको तर्फबाट परिवारले दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ ।

जेन–जी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।

उक्त पक्राउ गैरकानुनी भन्दै चैत १५ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो । चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश भएको थियो ।
सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ दिइसकेको छ ।