संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन : रवि लामिछाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए ।
‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ । र अध्यादेश पनि ल्याइएको छ,’ लामिछानेले भने, ‘त्यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइनेछ । प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार अब दोहोरिने छैन ।’
साथै, अन्यायपूर्वक विधि नै मिचेर कसैको माइक नकाटिने बताए ।
‘अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौं भनेर कसैको माइक काटिने छैन । संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन,’ लामिछानेको प्रतिबद्धता छ ।
तर, यी सबै काम अघि बढाउँदै गर्दा सुशासनको वेग भने नरोकिने उनको भनाइ छ ।
‘तर सुशासनको वेग भने रोकिने छैन । न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो । यसलाई प्रतिशोध भन्न पाइने छैन,’ लामिछानेले भने ।
उनले आफूहरुले गल्ती गरेमा बाटो देखाउन पनि प्रतिपक्षलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: