व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
काठमाडौं । व्यवसायी दीपक भट्टको पासपोर्ट (राहदानी) रोक्का गरिएको छ । अध्यागमन विभागका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार भट्ट विदेश आवत–जावतमा रोक लगाउने निर्णय गरिएको हो ।
ती अधिकारीका अनुसार भट्टमाथि अवैध सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । विभागले आज पत्र पठाएपछि उनको पासपोर्ट रोक्का राखिएको हो ।
‘सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि अनुसन्धान जारी भएको हुँदा तत्काल पासपोर्ट रोक्का गर्नु भन्ने पत्र आयो,’ उनले भने ‘पत्रबमोजिम नै हामीले सबै सिस्टममा सूचना प्रसार गरी आफ्नो प्रक्रिया सकायौँ । अब उनलाई हामीले विमानस्थलमा देख्नासाथ पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने छौँ ।’
हरेक दलका शीर्ष नेतृत्वसँग निकट सम्बन्ध भएका भट्टले राजस्व छलेर ठूलो रकम नेपाल भित्र्याएको आरोपमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: