Bagmati Samachar Logo

तीन पूर्व प्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

काठमाडौं । पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्पत्तिमाथि अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान सुरु भएको हो ।

सम्पति शुद्धीकरण अनुसन्धानको लागि पूर्वमन्त्री दीपक खड्कालाई आइतबार बिहान पक्राउ गरेको छ । सीआईबीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्दैछ।

देउवाप्रचण्ड र ओलीमाटि सम्पत्ति र आम्दानीको स्रोतको अनुसन्धान गर्नेछ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्रीहरू देउवा, ओली र प्रचण्डको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।

सीआईबीले त्यसबारे अनुसन्धान अघि बढाएको गृह मन्त्रालयका एक उच्च स्रोतले जानकारी दिए ।

खड्कामाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरणले नै सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीले कांग्रेस नेता समेत रहेका दीपक खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतबाट म्याद लिँदैछ ।

प्रहरीले पूर्व प्रधानमन्त्रीहरूको चल, अचल सम्पत्ति र आम्दानीको स्रोत लगायतको विषयमा अनुसन्धान गर्नेछ ।

भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र प्रचण्डको घरमा जलेको रकमको टुक्रा भेटिएको चर्चा चलेको थियो । पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो ।

अनुसन्धानको लागि स्थानीय प्रशासनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदैछ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा भत्काउन रोक लगाइए छ ।