कांग्रेस संस्थापनले भन्यो– ओली–लेखक पक्राउ सरकारको चयनमुखी व्यवहार
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ गरिएको विषय चयनात्मक भएको नेपाली कांग्रेसले बताएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नै अपूर्ण रहेको पुष्टि भएकोको बेला सरकारले हतार पक्राउ गर्नु गलत भएको बताएका छन् ।
पार्टी कार्यालयमा प्रवक्ता चालिसेले १३ चैतका मन्त्रिपरिषद् बैठकले ‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सो बमोजिम गर्ने तर अन्यमा हकमा तत्काल कार्यान्वयन गर्ने’ भन्ने किसिमको निर्णय गर्नु र हतारमा पक्राउ गर्नुले २३ भदौको एउटै घटना, एउटै छानबिन प्रतिवेदन र एकै किसिमको सिफारिसमा पनि सरकारको व्यवहार ‘सेलेक्टिभ’ भएको बताए ।
कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ,‘सरकारको यस्तो “सेलटक्टिभ” व्यबहार गलत छ । यसरी कानूनका स्थापित विधि पालना नहुनुले अन्तत न्याय पाउने प्रक्रियालाई नै झन गिजोल्ने देखिन्छ र भदौ २३ र २४ का घटनालाई सरकारले निष्पक्ष छानबिन गरी न्याय निरुपण गर्नु भन्दा घटनामा थप राजनीति गर्न खोजेको देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस्: