तत्कालीन गृहमन्त्री लेखक कटुन्जेबाट पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आज (शनिबार) बिहान भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको हो ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसअनुसार लेखकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जेन–जी विद्रोहको बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए ।
प्रतिक्रिया दिनुहोस्: