Bagmati Samachar Logo

पूर्वप्रधानमन्त्री केपी ओली गुण्डुबाट पक्राउ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

ओलीलाई आज बिहान प्रहरीले उनको भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो ।

जेन–जी विद्रोहका क्रममा तत्कालीन प्रधानमन्त्री रहेका ओली दोषी रहेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले किटान गरेको थियो । आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न सिफारिस गरेको थियो । लेखक पनि पक्राउ परेका छन् ।

वालेन्द्र शाह नेतृत्वको सरकारले शुक्रबार उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि शनिबार बिहान ओलीलाई पक्राउ गरिएको हो ।