सांसदको शपथ लगत्तै सर्वोच्च पुगेर बालेनले लिए तारेख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा सांसद बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका छन् । प्रतिनिधिसभाको शपथ लगतै शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारेख लिएका हुन् ।
तीन वर्षदेखि शाह विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ । उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलहरूमा हिन्दी सिनेमा नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यो आदेशलगत्तै मेयर शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दिएकी थिइन् ।
त्यही मुद्दाको तारेखका क्रममा शाह सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका हुन् । अब उनको मुद्दा १४ जेठका लागि तारेख तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्: