३२ क्षेत्रको मतपरिणाम आउदा रास्वपा पहिलो नेकपा तेस्रो
काठमाडाैं । देशभरी भएको प्रतिनिधि सभाको चुनावको मत परिणाम आउने क्रम जारी छ ।
देशभरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पक्षमा जनलहर देखिएको छ । मत परिणाम आउन थालेबाट नै रास्वपाले पहिलो खाता काठमाडौं क्षेत्र नंं १ मा खोलेको थियो । काठमाडौं १ मा रन्जु न्यौपानेले विजयी घोषणा हुने पहिलो उम्मेदवार थिए ।
उपत्यकामा १५ वटा निर्वाचन क्षेत्रमध्ये १२ वटा निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएको छ । काठमाडौंका १० वटा र भक्तपुरका २ वटा निर्वाचन क्षेत्रमा रास्वपा विजय भएको छ ।
चितवन २ मा रास्वपाका सभापति रवी लामिछानेले ह्याट्रिक गरेका छन् ।
रास्वपाबाट अहिलेसम्म जित्नेहरुमा रवि लामिछाने चितवन ३, रन्जु न्यौपाने काठमाडौां १ ,मनिष झा धनुषा ३,रुविना आचार्य मोरङ ६ , सन्तोष राजवंशी मोरङ ४, बिना गुरुङ कास्की,प्रदीप विष्ट काठमाडौं १०,डोलप्रसाद अर्याल काठमाडौं ९ , अरबिन्द साह बारा ३, प्रमोदकुमार महतो महोत्तरी १, सुनिल केसी काठमाडौं २, रुकेश रन्जित भक्तपुर १, सुरेशकुमार चौधरी बाँके १, उत्तमप्रसाद पौडेल कास्की २,सस्मित पोखरेल काठमाडौं ५, खगेन्द्र सुनार बाँके ३,पुकार बम काठमाडौं ४, धनन्जय रेग्मी स्याङजा १, कन्हैया बनियाँ रुपन्देही ४, गणेश पराजुली काठमाडौं ७, शिशिर खनाल काठमाडौं ६,विराजभक्त श्रेष्ठ काठमाडौं ८ , राजुनाथ पाण्डे काठमाडौं ३ र सागर भुसाल पर्वत रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेस अहिलेसम्म पाँच क्षेत्रमा विजयी भएको छ । अहिलेसम्म कांग्रेस दोस्रो भएको छ । कांग्रेसबाट विजयी हुनेमा बासना थापा दैलेख क्षेत्र नं. १, सन्तोष सुब्बा तेह्रथुम ,मोहन आचार्य रसुवा,योगेश गौचन थकाली मुस्ताङ, टेकबहादुर गुरुङ मनाङ
दुई क्षेत्रमा विजयी भएर नेपाली कम्युनिस्ट पार्टी(नेकपा) दोस्रो भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वबाट विजयी भएका छन् । महेन्द्रबहादुर शाही कालीकोटबाट विजयी भएका छन् ।
नेकपा एमालेले पनि दुई क्षेत्रमा विजयी भएको छ । मोहम्मद इश्तियाक राई बाँके क्षेत्र नं. २ बाट विजयी भएका छन् । बझाङबाट ऐनबहादुर महर विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: