Bagmati Samachar Logo

काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खस्दा अरु कुन प्रदेशमा कति खस्यो ?

काठमाडौं । जारी प्रतिनिधिसभाको चुनावको मतदानमा २४ प्रतिशत मत खसेको छ । यो तत्थ्यांक १ बजेसम्मको हो । चुनावमा ४४ लाख ४५ हजार ७९० मत खसेको छ । एक करोड ८९ लाख ३६ हजार ८९ मतदाता मध्ये २४ प्रतिशत हुन आउँछ ।

नेपाल प्रहरीको केन्द्रीय निर्वाचन परिचालन केन्द्रका अनुसार कोशी प्रदेशमा २३ प्रतिशत मत खसेको छ । यस्तै, मधेसमा २०, वागमतीमा १९, गण्डकीमा २१ प्रतिशत मत खसेको छ । यस्तै, लुम्बिनीमा २६, कर्णालीमा ३१ र सुदुरपश्चिमा २५ प्रतिशत मत खसेको हो । काठमाडौं उपत्यकमा ३६ प्रतिशत मत खसेको छ ।

काठमाडौं उपत्यकामा १ बजेसम्म ४ लाख २२ हजार ६ सय ३८ मत खसेको छ । कोशीमा ८ लाख २७ हजार २ सय ८७ मत खसेको छ भने मधेसमा ७ लाख २० हजार ७ सय ५२ जनाले मतदान गरेका छन् । यस्तै, वागमतीमा ४ लाख ७३ हजार ७७ मत खसेको छ । गण्डकीमा ३ लाख ७३ हजार ७७ जनाले मतदान गरेका छन् ।

गण्डकीमा ३ लाख ९३ हजार ९ सय ८७ मत खसेको छ । लुम्बिनीमा ८ लाख ६८ हजार ३ सय ६९ मत खसेको छ । कर्णालीमा ३ लाख १७ हजार ९ सय २० जनाले मतदान गर्दा सुदुरपश्चिममा चार लाख ३१ हजार ७ सय ६० मत खसेको छ ।

१६५ निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदान स्थलमा चलिरहेके छ ।