अराजकता र लोकप्रियतावादले राजनीतिक स्थायित्व दिँदैन : शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वको बाधक अराजकता र लोकप्रियतावाद रहेको बताएका छन् । बिहीबार दाङको तुलसिपुर उपमहानगरपालिका १९ स्थित जनता विद्यापीठमा मतदानापश्चात् सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिक स्थायित्वका लागि सुझबुझपूर्ण निर्णय गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले यो चुनावले ‘अहिले नै नागरिकले चाहेका सबै कुरा पूरा हुन्छन्’ भन्ने कुराको सुनिश्चितता नभए पनि लोकतन्त्रको स्थायित्वका लागि जगको काम गरेको टिप्पणी गरेका छन् ।
उनले यस निर्वाचनपश्चात् राजनीतिक विचारधारा उभिएका दलहरू नै मूलधारको राजनीतिमा स्थापित हुने विश्वास व्यक्त गरे ।
‘मुलुकलाई विध्वंस, अराजकतातर्फ लिएर जाँदा दीर्घकालीन हित हुँदैन भन्ने कुरा नेपाली जनताले महसुस गरिरहेका छन् । त्यसैले विचारधारामा उभिएका शक्तिहरूलाई नै रोज्ने छन्’, पोखरेलले भने ।
प्रतिक्रिया दिनुहोस्: