Bagmati Samachar Logo

१८ वर्षपछि विप्लवले गरे रोल्पाबाट मतदान

काठमाडौं । विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् ।

यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् । २०६४ सालमा मतदान गरेका विप्लवले २०७० साददेखि चुनाव बहिस्कार गर्दै आएका थिए ।
विप्लवले परिवर्तन गाउँपालिका ३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए ।