बझाङमा दुई घण्टा पछि बल्ल आए मतदाता मतदान गर्न
बझाङको तलकोट गाउँपालिका ४ लुकड मतदान केन्द्रमा ९ बजे पपछि बल्ल मतदाता मतदान गर्न आएका छन् । मतदान आज बिहान ७ बजेबाट देशभरी सुरु भएको हो । तर बझाङको तलकोटको लुकडमा ९ बजेपछि मात्र मतदाता मतदान केन्द्रमा आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरत बहादुर शाहले बताए ।
उनले भने,‘मतदान ९ बजेपछि सुरु भएको छ । मतदानको तयारी पुरा भएर सबै कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा उपस्थिति भएपनि मतदाता ७ बजेबाट आएनन् । दुई घण्टा ढिला मतदान सुरु भएको छ ।’
यो क्षेत्र बझाङको सदरमुकाम चैनपुरबाट धेरै टाढा पर्छ ।
प्रतिक्रिया दिनुहोस्: