रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका स्वघोषित संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले रिट निवदेनमाथि सुनुवाइ गर्दै खारेजीविरुद्ध अन्तरिम आदेश नदिने निर्णय गरेको हो।
टिकापुर घटनामा जन्मकैदको सजाय पाएको भन्दै निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली(१ मा दिएको आफनो उम्मेदवारी खारेज भएपछि उनी आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगेका थिए।
सर्वोच्चले खारेजीविरुद्ध अन्तरिम आदेश दिन पर्ने या नपर्नेबारे १५ दिनभित्र लिखित जवाफ दिन समेत निर्वाचन आयोगलाई आदेश गरेको छ।



प्रतिक्रिया दिनुहोस्: