Bagmati Samachar Logo

सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं । काठमाडौं १० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत अमृतकाकुमारी शर्माले जानकारी दिइन्।

बस्नेत मितेरी पार्टीबाट उम्मेदवार बनेकी थिइन्।

‘उहाँ कालोसूचीमा रहेको उजुरी आएपछि छानबिन गर्दा प्रमाणित भएको हो,’ उनले भनिन्।