पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखको स्थानहद फुकुवा भएको छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनबारे गठित जाँचबुझ आयोगले लेखकमाथि स्थानहद लगाएको थियो । उक्त स्थानहद लेखेकले आयोगमा बयान दिएसँगै बिहीबारदेखि फुकुवा भएको छ ।
हालै लेखकले आयोगसमक्ष २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाबारे बयान दिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि स्थानहद लगाइएको छ । तर आयोगले उनको स्थानहद फुकुवा गरेको छैन । ओलीलाई बयानका लागि चिट्ठी काट्ने तयारी भइरहेको आयोग अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएका छन् ।
२१ फागुनमा चुनावको मिति घोषणा गर्ने तर पार्टीका नेताहरुमाथि स्थानहद लगाएको भन्दै ओलीले आलोचना गर्दै आएका थिए । आज पनि ओलीको स्थानहद फुकुवा गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्: