मल्टिभेन्यूको रुपमा सञ्चालनमा आयो लीला गार्डेन, बजेट अनुसारको सेवा पाइने
काठमाडौं । कम शुल्कमा स्तरीय सेवा दिन ‘लीला गार्डेन’ ब्याङ्क्वेट सञ्चालनमा आएको छ । काठमाडौंको कालोपुल नजिकै धोवी खोला करिडोमा सञ्चालनमा आएको गार्डेन ८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

ब्याङ्क्वेटको डिजाइन र एम्बिसन देखेर ग्राहकहरुको इन्कवाइरी र बुकिङ आउन थालेको ब्याङ्क्वेटका म्यानेजर आदर्श अर्यालले जानकारी दिए । लीला गार्डेनमा आकर्षक ग्राडेन, इन्डोर हल, कभर स्टेज, आधुनिक लाइटिङ, साउन्ड सिस्टम र फोटोग्राफरको लागि विशेष ठाँउ बनाइएको छ । गार्डेनको पार्किङ क्षमता एक २०० वटा सवारीसाधन अटाउने छ ।

गार्डेनको सर्भिस पाँचतारे होटलभन्दा कम नभएको अर्यालको दाबी छ । ‘हाम्रो ब्याङ्क्वेटको कन्सेप्ट र डिजाइन युरोपियन थिममा बनेको हो । लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवम् विविध भेराइटीका खानाका कारण हाम्रो ब्याङ्क्वेटको सर्भिस पाँचतारे होटलभन्दा कम छैन,’ उनले भने ।
गार्डेनमा गोष्ठी, सेमिनार, जन्मोत्सव, कर्पोरेट मिटिङ, फेसन शो र वार्षिक उत्सव जस्ता विभिन्न इभेन्ट तथा तालिमका लागि हुने डिजाइनमा ब्याङ्क्वेट निर्माण गरिएको छ ।
गार्डेनले एक पटकमा १५ सय भन्दा धेरैलाई सेवा दिन सक्छ । ग्राहकको बजेटअनुसार सिल्भर तथा प्रीमियम गरेर दुईखालको खानाको मेनु तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: