पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहित ५५ जनालाई मुद्दा चलाउने निर्णय
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
आज विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी रहेका छन् ।
अख्तियारले ८ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै मुद्दा विशेष अदालत पुर्याएको हो ।
भ्रष्टाचार मुद्दामा सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मालाई प्रतिवादी बनाइएको छ । त्यस्तै, सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ ।
सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डययन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्य सचिव मदन खरेल, मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्यलाई पनि विपक्षी बनाइएको छ ।
रतिशचन्द्र लाल सुमन, तत्कालीन उपमहानिर्शेशबक सुमन कुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्कालाई पनि प्रतिवादी बनाइएको छ ।
त्यस्तै, रतिशचन्द्र लाल सुमन, तत्कालीन उपमहानिर्शेशक सुमन कुमार श्रेष्ठ, उपसचिव हरिबहादुर खड्कालाई पनि प्रतिवादी बनाइएको छ ।
नागरिक उड्ड्यन प्राधिकरणका तत्कालीन उप महानिर्देशक रोशन चित्रकार, उपमहानिर्देशक ऋषिकेश शर्मा, उपनिर्देशक नारायण गिरी, उपनिर्देशक महेश कुमार बस्नेत, निर्देशक बाबुराम पौडेल, उपनिर्देशक अशोक कुमार सुवेदी, प्रबन्धक मुरारी भण्डारी, उपनिर्देशक सुवर्णराज उपाध्यायलाई पनि प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: