Bagmati Samachar Logo

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
बुधबार उनीहरूको तारेख थियो। तारेखका लागि उपस्थित भएका दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको छ।

उनीहरूविरुद्ध आजै मुद्दा दर्ता गर्ने अख्तियारको तयारी छ।