Bagmati Samachar Logo

२० लाख धरौटी बुझाएर रिहा भए महरा

काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा २ण् लाख धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको बताए ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै ‘मुल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन’ भनेको थियो ।