निर्वाचनका लागि दलहरूको आकर्षण, दर्ता भए यी ८० दल (सूचीसहित)
काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका बताए ।
आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये ८० दलले दल दर्ता गराएका हुन् । आजमात्रै १६ दल दर्ता भएको भट्टराईले बताए । बुधाबारसम्म दल दर्ताको समय रहेकाले यो सङ्ख्या थप बढ्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: