जेन–जी समूहले सडक नछोडेपछि सिमरामा हवाई फायर र अश्रुग्यास
काठमाडौं । जेन–जी प्रदर्शनकारीले सिमरामा सडक प्रदर्शन नरोकेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएछ । बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार जेनजीहरुले आन्दोलन फिर्ता लिएर वार्तामा बस्न नमानेपछि र उग्र बनेपछि हवाइ फायर र अश्रुग्यास प्रहार गरेका छौँ ।
सिडिओले बोलाएको वार्तामा जानका लागि जेन–जीका जिल्ला संयोजक सम्राट उपाध्याय सहित अहिले उनीहरू सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन् ।
बुधवार जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।
जिल्ला प्रहरी प्रमुख तामाङले साह प्रहरीको निगरानीमै रहेको र पक्राउ गर्ने बाचा गरेका छन् । यद्यपि, उनी पक्राउ परिसकेका छैनन् ।
साह पक्राउ परेपछि मात्रै वार्तामा जाने अडानमा केही जेन–जी समूह छन् ।
प्रतिक्रिया दिनुहोस्: