मृत्यु संस्कारमा सहभागी वडा अध्यक्षको गोली प्रहार गरी हत्या,गोली हान्ने प्रहरी हबल्दार
काठमाडौं । धनुषामा एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका– ९ का वडा अध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ समान्य विवादमा गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
आज शुक्रबार साँझ मृत्यु संस्कारको भोजमा सहभागी भएका वडा अध्यक्ष यादवमाथि मिथिलाबिहारी नगरपालिका– ९ अन्दुपट्टीमाथि गोली प्रहरी गरी हात्या गरिएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका वडा अध्यक्ष यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम कुवँरले बताए ।
वडा अध्यक्ष यादव भोज खाइरहेको अवस्थामा ४–५ जनाको समूहमा आएका स्थानीय शम्भु यादवले कुटपिट गर्न लाग्दा वडा अध्यक्ष आफन्त प्रतिकारमा उत्रिएका थिए । त्यसपछि शम्भुले प्याकेटबाट कटुवा पेस्तोल निकाली वडा अध्यक्ष यादवको छातीमा गोली चलाएका थिए ।
उनीहरूबीच जमिनको पुरानो विवाद रहेको बताइएको छ । गोली चलाउने यादव पेसाले सहायक प्रहरी हवल्दार हुन् । उनी सप्तरीको पक्की प्रहरी चौकीमा कार्यरत छन् । यादवलाई बचाउने क्रममा चार जनासमेत घाइते भएको उपरीक्ष कुवँरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: