Bagmati Samachar Logo

विज्ञता बाहिरको मन्त्रालयको जिम्मेवारी अस्वीकार गरेँ : गणपतिलाल श्रेष्ठ

काठमाडौँ । सम्पदा र संस्कृति संरक्षण अभियानकर्मी गणपतिलाल श्रेष्ठले आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सट्टा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएकोमा आपत्ति जनाउँदै मन्त्री पदको जिम्मेवारी अस्वीकार गरेको जानकारी दिएका छन् ।

झन्डै २४ वर्षदेखि देशको सम्पदा, संस्कृति र सभ्यताको संरक्षण तथा संवर्धनका लागि सङ्घर्ष गर्दै आएका श्रेष्ठले आफू मन्त्री बन्नका लागि कसैको हारगुहार नगरेको तर देशको अहिलेको तरल अवस्था र पर्यटन व्यवसायको खस्किँदो स्थिति तथा संस्कृति संरक्षणमा हुन सक्ने अपूरणीय क्षतिलाई रोक्न आफूले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको बताएका हुन् ।

करिब एक महिनाअघि प्रधानमन्त्रीसँग भेट्दा आफूले मार्गचित्र तयार गरेको र आफ्नो विज्ञता, ज्ञान र अनुभव संस्कृति, सम्पदा र पर्यटनको क्षेत्रमा रहेकाले सोही मन्त्रालयको जिम्मेवारी लिने स्पष्ट पारेको उनले जनाएका छन् ।

उनले भने, ‘लक्ष्य पूर्व मन्त्रीको ट्याग लगाउनु नभई संस्कृति, सम्पदा र सभ्यताको क्षयीकरण रोक्नु, पर्यटन क्षेत्रलाई विश्वास दिलाउनु, वायुसेवामा नीतिगत सुधार गर्नु र कागजमा सीमित उच्च स्तरीय समितिका सुझावहरूलाई व्यवहारमा उतार्नु रहेको थियो ।’

श्रेष्ठका अनुसार कात्तिक ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री तथा ऊर्जा मन्त्री समेतको उपस्थितिमा प्रधानमन्त्रीले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिन सक्षम व्यक्ति रहेकोले भोलिपल्ट शपथको तयारी गर्न भनेकी थिइन् ।

तर, भोलिपल्ट बिहान एकाएक सञ्चार माध्यमबाट आफू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रूपमा नियुक्त हुन लागेको जानकारी पाएको श्रेष्ठले बताएका छन् ।

त्यसपछि गृहमन्त्रीले फोन गरी प्रधानमन्त्रीलाई भेट्न सुझाएपछि प्रधानमन्त्रीलाई भेटेर जानकारी नै नदिई मन्त्रालय हेरफेर गर्नुको आधार के हो भनी प्रश्न गर्दा प्रधानमन्त्रीले अर्को व्यक्तिलाई बचन दिइसकेको जानकारी गराएको उनको भनाई छ ।

‘पछि उहाँले मैले अरूलाई बचन दिई सकेको जानकारी गराउनु भयो र मैले हिजो बेलुका मलाई दिनु भएको बचन चैँ के रु भनी प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिई अर्को तिर हेर्नु भयो,’ उनले भने ।

प्रधानमन्त्रीले भूमि व्यवस्था मन्त्रालयमा गुठी, मठ मन्दिर पर्ने भएकाले उनको क्षेत्राधिकार मिल्ने बताए पनि श्रेष्ठले भूमि व्यवस्था मन्त्रालयले गुठीलाई जग्गाको रूपमा हेरेको र आफूहरूले सधैँ गुठीलाई संस्कृति र सम्पदाको रूपमा हेरेकोले सो मन्त्रालयमा गएर गुठी सञ्चालनको नाममा देवस्वको दोहन गरी आफ्नो अभियान र समुदायको मर्म विपरीत काम गर्न नसक्ने जवाफ दिएको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठले आफू मन्त्री बन्नका लागि नभई आफ्नो विज्ञताले देशको सेवा गर्न आएको स्पष्ट पार्दै नैतिकता र स्वाभिमान नै मन्त्री पदभन्दा महत्त्वपूर्ण लागेकोले जुन मन्त्रालय दियो त्यही स्वीकार गर्ने आफ्नो प्रवृत्ति नभएको बताएका छन् ।

उनले आफ्नो सङ्घर्षमा समुदाय र सञ्चार माध्यमले साथ दिएको भन्दै आफ्नो शक्ति नैतिकता, स्वाभिमान र सांस्कृतिक धरातल नै भएको र आगामी दिनमा पनि संस्कृति, सम्पदा तथा राष्ट्रिय पहिचानको संरक्षणमा सशक्त रूपमा निरन्तर सङ्घर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खेको उल्लेख गर्दै कुनै अदृश्य माफिया शक्तिले नागरिक सरकारलाई दबाब र प्रभावमा नपारोस् भनी सचेत गराएका छन् ।